काठमाण्डौं- सेयर बजारको परिसूचक नेप्से आज बुधबार १०८.३५ अंकले बढ्दै नेप्से २७५९.६७ अंकमा पुगेको छ। सरकार परिवर्तनसँगै उत्साहित बनेको सेयर मार्केटको कारोबार उच्च हुन थालेको छ। सेयर बजार परिसूचक बढ्दा करिब २० अर्बको कारोबार भएको छ । आज सबै भन्दा बढि हाइड्रो समूह बढेको छ। हाइड्रो समूह आज करिब ५.७२ प्रतिशतले बढेको हो। त्यस्तै सबैभन्दा बढि कारोबार हुने कम्पनीमा हिमालयन रि-इन्सुरेन्स रहेको छ। आज ९ वटा कम्पनीले सर्किट ब्रेक गरेको छ।