सुनसरी l  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन पछि नेकपा एमालेको सरकार बन्ने दावी गर्नुभएको छ । देशभर लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ जिताउने र त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने दावी गर्नुभएको हो । बुधबार सुनसरीको कोशी गाउँपालिका १ स्थित लोकहीमा निर्वाचन क्षेत्र ४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्नुहुदै देशको विकासको मिसन र भिजन एमालेसंग मात्रै भएकाले विकास र समृद्धिको पक्षमा जनताले मतदान गर्ने दावी गर्नुभयो । 

वहाँले देशको विकास गर्ने स्पष्ट खाका एमालेसंग मात्रै रहेकाले मतदाताहरुले एमाललाई जिताउनुपर्नेमा जोड दिनुहुदै निर्वाचन पछि आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो । चुनावी सभालाई सम्बोधन गर्नुहुदै ओलीले देशको उतरी र दक्षिणी दुबै छिमेकी मुलुकसङ्ग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकशित मुलुकको रुपमा रुपान्तारण गर्ने समेत बताउनुभयो ।  

फरक प्रसंगमा ओलीले सभालाई सम्बोधन गर्नुहुर्दै निर्वाचनपछि एमाले नेतृत्व सरकार बन्ने र आफूहरुको सरकारले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने बताउनुभयो ।

उहाँले अगिकृत र जन्मसिद्धका नागरिकता पाएका नागरिकहरुका सन्तानले वंशसजको नागरिकता पाउने बताउनुभयो । उहाँले देशमा बस्ने कोही पनि नेपाली नागरिक नागरिकताबाट बन्चीत नहुने समेत जिकिर गर्नुभयो । आफूहरुले यसअघि नै जन्मसिद्धका संतानलाई नागरिकता वितरण सुरु गरेकोमा नेपाली काग्रेंसको अवरोधका कारणले रोकिएको समेत  बताउनुभयो । जन्मसिद्धको नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय निर्वाचत पछि सुनिश्चित भएको बताउनुभएको छ । उहाँले काँग्रेसका नेताहरु सुनसरीमा पटक पटक धाँधली गरेर चुनाव जितेको आरोप बाहिर आएकाले त्यसमा साबधानी रहन आग्रह गर्दै आफूहरुको नेताकार्ताले सुरक्षामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । यसअघि सुनसरी क्षेत्र नम्बर ३ को दुहवीमा चुनावी सभालाई सम्बोधन गर्नुहुदै ओलीले २०४८ साल देखि पटक पटक धाँधली गरेर, बाकस साटेर काग्रेंसका विजय कुमार गच्छदार सांसद बनेको आरोप लगाउनुभएको थियो । उहाँले राणा शासन, पञ्चायत फालिएको बताउनुहुदै विजय गच्छदारले बाकस साटेर चुनाव जित्ने दिन गएको बताउनुभयो । ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई धाँधली गरेको थाहा पाए कडा प्रतिवाद गर्न समेत निर्देशन दिनुभयो । उहाँले जसपाका नेता तथा कार्यकर्तालाई सुनसरी ३ र ४ दुवै क्षेत्रमा सूर्य चुनाव चिन्हमा भोट हाल्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन क्षेत्र नम्बर १ मा जसपाको मत धेरै कम भए पनि जसपाका अशोक राईलाई एमालेले सघाएको स्मरण गराउँदै २, ३ र ४ मा जसपाले एमलेका उम्मेदबारहरुलाई जिताउन आग्रह गर्नुभयो । स्थानीय सरकार सञ्चालनका लागि जसपा सहितको गठबन्धन रहने बताउँदै एमालेसँग सहकार्य भएका पार्टीका नेताहरूले जसरी पनि चुनाव जित्नु पर्ने दाबी गर्नुभयो ।  कार्यक्रममा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। ४ को उम्मेदबार  जगदिश प्रसाद कुसियैतले जनसभाले काग्रेंसको पतन मंसिर ४ गतेपछि हुने देखिएको बताउनुभयो । वहाँले जनताको जनसागर एमाले तर्फ रहेकाले काग्रेंसको उम्मेदबारहरु देशभर नै मंसिर ४ गतेपछि हारेर घर बस्ने अवस्था देखिएको दावी गर्नुभयो । त्यसैगरी जसपाका केन्द्रिय सदस्य हरिगोविन्द यादवले देशको विकास र सुशासन तथा समृद्धिका लागि एमाले जसपा गठबन्धनका उम्मेबदारलाई मतदान गर्न अपिल गर्नुभयो । जसपाका अर्का नेता देवकृष्ण यादव ९गोवरघन०ले नेपाली काग्रेंसको हैकम अन्त्य गर्न र देशलाई लुटेर आर्थिक संकट पैदा गर्ने कार्यलाई रोक्नका लागि एमाले र जसपा गठबन्धनका उम्मेबदारलाई मतदान गर्न अपिल गर्नुभयो । यादवले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। ४ का उम्मेदबार जगदिश प्रसाद कुसियैतलाई सूर्य छापमा र क्षेत्र ४ ९क०मा जसपाका उम्ेमदबार पर्शुराम बस्नेतलाई छाता छापमा मतदान गर्न र मंसिर ४ गतेपछि एमाले जसपा सरकार बनाउन आग्रह गर्नुभयो ।