314502341_139724285509501_5461913454259378662_n


धरान । अशोक कुमार राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुन् । उनी नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवार छन् । यस क्षेत्रमा उम्मेदवार राई नौलो नाम होइन । जनता समानजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत हुन् ।यस अघि २०७४ सालको चुनावमा पनि उम्मेदवार रहेका थिए । उनको उम्मेदवारीलाई धरानको हकमा प्रभावशाली नेताको रुपमा लिइन्छ ।निर्वाचन क्षेत्रकै लागि सवैभन्दा प्रभावशाली र हेवी वेटको नेताको रुपमा गनिन्छन् । हाल सम्म यस क्षेत्रले केन्द्र सम्म जोड्ने त्यस्तो प्रभावशाली नेता एक पटक पाएको थियो । २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका मनमोहन अधिकारीले यस क्षेत्रमा चुनाव लडेर जितेका थिए । ३९ वर्ष पछि सुनसरी क्षेत्र नम्बर १ ले केन्द्रीय स्तरमा नै प्रभाव पार्ने उम्मेदवार एमाले र जसपाको साझा उम्मेदवार अशोक राई भएको आम नागरिकको वुझाई छ । जस्को उम्मेदवारीले यस क्षेत्रको विकास र समृद्धिको निम्ति आशाको केन्द्र वन्ने अपेक्षा राखिएको छ । उम्मेदवार अशोक कुमार राईसँग चुनावी संकल्प र चुनाव जित्ने आधारको विषयमा गरिएको कुराकानी:

चिनियाँ प्रधानमन्त्री लि फङसंग नेपाल सरकारवाट गएको प्रतिनिधि मण्डल रहनु भएको तात्कालिन राज्य मन्त्री अशोककुमार राईसंग परिचय गराउदै प्रधानमन्त्री मनमोहन अधिकारी - चीन, २०५१ चैत्र ।

फोटो क्याप्सन: चिनियाँ प्रधानमन्त्री लि फङसंग नेपाल सरकारवाट गएको प्रतिनिधि मण्डल रहनु भएको तात्कालिन राज्य मन्त्री अशोककुमार राईसंग परिचय गराउदै प्रधानमन्त्री मनमोहन अधिकारी - चीन, २०५१ चैत्र ।

एमालेसँगको तालमेल 

नेकपा एमालेसँग जुनसुकै पार्टीले सहकार्य गर्न खोज्दछन् । किन कि राष्ट्रियताको सवालमा नेकपा एमाले अडिग  छ । सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार पार्नको लागि एमालेबाट मात्रै संभव छ ।निर्वाचनमा जसपा नेपालले तालमेल गरेको छ । सहकार्य अघि वढाएका छौं । सहकार्य चुनाव पछि पनि टुट्ने छैन । किन की राष्ट्रिय सरकार बनाउनु छ । राष्ट्रिय सरकार मार्फत मुलुकको विकासमा छलाङ मारेर नेपाली जनताको लागि हाम्रो सहकार्यले सम्वृद्धि ल्याउनु छ । एमाले र  जसपाको यो चुनावी तालमेल राष्ट्रिय आवस्यकता हो,त्यो आवस्यकतालाई पुरा गर्नको निम्ति सहकार्य हो ।  

अशोक राईका ड्रिम एजेण्डा 

राष्ट्रिय गौरबको आयोजनाहरु शुरुवात भएपनि त्यो पुरा हुन ब्रेक लागेको छ ।राष्ट्रिय स्तरमा नै महत्व राख्ने त्यो योजनाहरु हामी एमालेसँग सरकारमा हुँदा नै उठाएका विषयहरु हुन् र कार्यान्वयन गर्नको लागि एमालेसँगै सहकार्य गरेका थियौं । त्यो वेला एमालेका अध्यक्ष केपी शर्मा ओली नेतत्वको सरकारमा हामी पनि सामेल भएर राष्ट्रिय गौरवको आयोजनाहरु शुरुवात गरेका थियौ ।मध्यपहाडी राजमार्ग बाग्लुङ,मदन भण्डारी राजमार्ग झापाबाट धरानसम्म आइपुगेर कछुवा गतिमा छ । यसको गतिलाई तीव्र वनाएर निर्माण सम्पन्न गर्नु पर्ने छ । पूर्वपश्चिम रेल्वे काकडभिट्टाबाट इनरुवासम्म जग्गा अधीग्रहण भएर अलमल भएको छ । यसलाई अघि बढाउनु छ,महेन्द्रनगर,दोधारा चाँदनीसम्म पु¥याएर दायित्व हाम्रो काधमा रहेको छ ।  सप्तकोशीमा दुईतले पक्की पुलको परिकल्पना अधुरो छ । भौतिक निर्माण बुद्धिविलासको विषयवस्तु भइरहेको छ । त्यसलाई पूरा गर्नु छ । फास्टट्र्याक र एयरपोर्ट बनाउनु पर्नेछ । भेरी बबइ डाइभर्सन सिचाइको नहर बन्ने प्रकृयामा छ । सुनकोशी मरिन डाइभर्सन भर्खर भर्खर चालू भएको छ । त्यसलाई पूरा गर्नु पर्ने छ । यसले पर्सादेखि सप्तरीसम्मको सम्पूर्ण जमिनलाई सिचाइ गरी अन्नभण्डारमा रुपान्तरण गर्नेछ । अरुण,तमोरमा ड्याम बाँधेर धरान–इटहरी–दुहबीदेखि विराटनगरसम्मलाई खानेपानी पुर्याउन सकिने मेरा प्रतिवद्धता रहेको छ ।  

ummedwar asok raii (1)


अलवेदर रोड प्राथमिकतामा

उम्मेदवार अशोककुमार राई सुनसरी क्षेत्र नम्बर १ को समस्याको विषयमा जानकार राख्ने नेता मात्रै होइनन्,उनलाई यस क्षेत्रको समस्यालाई कसरी समधान गर्न सकिन्छ भनेर स्पष्ट भिजन पनि छ । धरान उपमहानगरपालिका,वराहक्षेत्र,रामधुनी नगरपालिकाका वासिन्दा र उनीहरुले वर्षौदेखि भोगको पीडा र समस्यालाई अव सत प्रतिशत समस्या समाधानको लागि स्थानीय र केन्द्र सम्म जोडेर पुरा गर्ने उनको प्रतिज्ञा नै रहेको छ । धरानको इतिहाँसमा सीमित रहेको व्यापारिक केन्द्रलाई स्थापित गर्ने उनको संकल्प रहेको छ । त्यसका लागि वराहक्षेत्र,रामधुनीलाई धरान सम्म जोड्नको निम्ति अल वेदर रोडको राईको संकल्प हो । चक्रघट्टीदेखि चतरा हुँदै वराहक्षेत्रसम्म सडक पक्की निर्माण गर्ने, चक्रघट्टी– नडाह–धरान जोड्ने सडक, बाङ्गे– कालाबन्जर– धरान जोड्ने सडक,बक्लौरी–पन्चायन–धरान जोड्ने सडकलाई पक्की वनाएर यसको क्षेत्रको विकास र धरान सम्मको दुरी नजिक गर्न सकिने मात्रै होइन आर्थिक विकास पनि गर्न सकिने छ ।धरान र चतरालाई जोड्ने वाघ खोला जुन आवात जावात गर्नको निम्ति वर्षौदेखि समस्या भइरहेको छ । जुन खोलाकै कारण अकालमा नै मृत्युवरण गर्नु पर्ने वाध्यता रहेको छ । त्यसैले त्यहाँ खोलामा पक्की पुल निर्माण गर्ने र यो समस्या समाधान हुने छ ।

धार्मिक सर्किटले पर्यटनको विकास 

धार्मिक पर्यटन सर्किट बनाउने,पकलीको जब्दी महारानीदेखि रामधुनी–औलियाबाबा– बराहक्षेत्र–कोका–खुवालुङ–विष्णुपादुका–थाउजेण्ड बुद्ध–पन्चकन्या–बुढासुब्बा– दन्तकाली–पीण्डेश्वर जोडेर धार्मिक सर्किटले जोडिने छ । क्षेत्र न ४–२–१ लाई तीर्थ स्थलले अङ्कमाल गरेको राखेको अवस्था छ । यसलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नु पर्छ । 

धरानमा कन्फेरेन्स टुरिजम,सुरुङमार्ग  

धरानको लागि १ हजार क्षमताको अत्याधुनिक कन्फेरेन्स टुरिजम हलको आवस्यकता छ ।जुन धरानको लागि आधारभुत आवस्यकता हो । यो आवस्यकतालाई पुरा गर्न म  प्रतिवद्ध रहने छु । कोशीको पानीलाई आय आर्जन गर्ने हिसाबले कोशी टप्पु वन्यजन्तु आरक्षसग जोडेर पर्यटनको विकास गर्न पर्छ  ।धरानलाई लेउतीसँग सुरुङ मार्गले जोड्ने परिकल्पना नेकपा एमालेको बजेटमा आएको थियो । यसलाई पुरा गर्नु पर्ने छ । बिपी प्रतिष्ठानको व्यवस्थापन गरी न्यून नमूना सेवा प्रदायक बनाउनु छ । शिक्षा, पर्यटन, संरचना निर्माण, स्वास्थ्य सेवा र रोजगारीलाई समेत प्राथमिकतामा छन् ।   

सप्तकोशीको पानीलाई ‘इको टुरिजम’

सप्तकोशी नदी यस क्षेत्रको लागि ठुलो सम्पती हो । चतराको पानीलाई कोशीटप्पु आरक्षसँग जोडेर पर्यटन विकास गर्न सकिन्छ । पानी सिचाइ गर्नमा मात्र प्रयोग भैरहेको छ तर  खानेपानीका रुपमा प्रयोग गर्नु पर्छ भन्ने दृष्टिकोण आएका छन् । कोशीको पानीलाई त्यतिमात्र नभएर मनोरन्जन स्थलको रुपमा, जल क्रिडाका रुपमा, पर्यटकीय स्थलका रुपमा पनि प्रयोग गर्नु पर्छ । 

सुकुम्वासीसँग राजनीति नगरौं 

राष्ट्रिय समस्याको रुपमा रहेको सुकुम्वासी समस्या भनेको राष्ट्रिय समस्या हो तर यहाँ राजनीति गरिन्छ । ऐन बने पछि सरकरमा जोसुकै आए पनि ऐन कर्यान्वयन गर्न बाध्य हुन्छ  । राजनीतिक रुपमा फाइदा लिने ठाउँ बनाउन जरुरी छैन । मुलुकको ठूलो समस्याका रुपमा सुकुम्बासी समस्यालाई ध्यानमा राखेर राज्यले ऐन बनाइसकेकाले अव सुकुम्वासी समाधान तर्फ हामी अघि वढ्ने छौ । 

 चुनाव जित्ने आधारहरु र जनताको विस्वास 

म सुनसरी क्षेत्र नम्बर १ को लागि साझा उम्मेदवार हुँ । यस क्षेत्रको निम्ति म नौलो व्यक्ति होइन । म यस अघि पनि टेस्टेड उम्मेदवार हुँ । मलाई २०७४ को चुनावमा पनि यस क्षेत्रका जनताले रुचाएका छन् । यो उम्मेदवारीले यस क्षेत्रका जनताले म प्रति भरोसा गरेका छन् । धेरै पटक धरैलाई जिताए पनि यहाँका जनताले भने जस्तो सोचे जस्तो नेता पाउन सकेनन् । मनमोहन अधिकारी पछि दोश्रो पटक राष्ट्रिय हाइट भएका नेताको रुपमा मलाई रुचाएका छन् । जनताप्रतिको विश्वास र भरोसा म माथि नै छ ,अशोकराई नै अव राष्ट्रिय राजनिितमा प्रभाव राख्ने र केन्द्रलाई जोड्ने सेतु हो भनेर आम जनताको जन विस्वास रहेको छ ।