धरान । मोरङको ग्रामथान गाउँपालिमा लामो समय देखी वाँसघारी भित्र टहरामा सञ्चालन हुँदै आएको अवैध जुवा खालमा प्रहरीले शनिवार राति छापा हानेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरमा स्थित वाँसघारी भित्र टहरामा सञ्चालन हुँदै आएको अवैध जुवा खाल वाट प्रहरी पूर्व गाउँपालिका अध्यक्ष सहित ९ जनालाई प्रहरीले जुवा खालबाट पक्राउ गरेको हो । मोरङको ग्रामथान गाउँपालिका –४ वाट ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । वास घारी भित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा १८ लाख ५१हजार ५ सय नगद मरामत गरेको छ । । पक्राउ पर्नेहरूमा अभिलाल माझी,जय किशोर शाह,जनककुमार मास्के,महेश शाह,युवक राई ,रित वर्ण नेम्बाङ , लोकनाथ सापकोटा र प्रताप राई रहेका छन् । प्रहरीले छापा मारेपछि जुवा खेलाउने मुख्य योजना कार अर्जुन तुम्रोक सहित धरानका २ जना भने फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी जुवा खाल वाट जुवाडेहरूले प्रयोग गरेका बा प्र.०१–०२०च९७३७, बा१५च ६७३०, बा १५ च ७२८१, बा१८च३७०२, बा‘‘ ४८५०, बा१ज ५९१६, बा१८च४५६५ नं को गाडी समेत नियन्त्रणमा लिएको छ । बा प्र.०१–०२०च९७३७, गाडी भने अर्जुन तुम्रोक रहेको र सो गाडी छोड्न प्रहरीलाई विभिन्न क्षेत्रबाट दबाब आइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले १६ थान कौडा, १२ बुक तास, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत कोैडा समेत बरामद गरेको छ । सो स्थानमा प्रहरीकै सेटिङमा बाह्रमास सञ्चालन हुने खालमा मधेस प्रदेशको महोत्तरी, कोसी प्रदेशकै धरान, दमक, दुहबीलगायतका स्थानमा घर भएकाहरू पनि जुवा खेल्न पुग्ने गरेको स्थानीयले जनाएका छन् । सो बाह्रमासे’ खालमा करोडौँको कारोबार हुने गरेको थियो । इलाका प्रहरी कार्यालय हरैँचा तथा बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो ।


