धरान । धरान वितरक संघको २०८२ देखि २०८५ सम्मको कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। हालै सम्पन्न संघको अधिवेशन बाट विजय मानन्धर अध्यक्षमा चयन भएका छन्।
FB_IMG_1768122183460
उपाध्यक्षमा राम बहादुर श्रेष्ठ र विक्रम शर्मा चयन भएका छन्। त्यसैगरी सचिवमा प्रकाश विमली, कोषाध्यक्षमा नगेन्द्र खवास तथा सह–कोषाध्यक्षमा अजय कुमार जयसवाल चयन भएका छन्। सह–सचिवको जिम्मेवारी कविता लिम्बुले पाएकी छन्।
FB_IMG_1768122606776
कार्यसमिति सदस्यहरूमा सन्तोष अग्रवाल, नसरुद्दिन मियाँ, दिनेश (दुर्वासा) अधिकारी, चन्दन कुमार गुप्ता र रचना जैन चयन भएका छन्।
FB_IMG_1768122159841
नवनिर्वाचित कार्यसमिति अध्यक्ष मानन्धरले संस्थाकाे हितमा काम गर्दै वितरकहरूको हकहित संरक्षण, व्यवसायिक सुदृढीकरण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।