धरान -  मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सोमबारदेखि धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सुरु भएको छ।

धरान सिटी फुटबल क्लब, धरान–१५ को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभाका प्रमुख सचेतक रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उद्घाटन अघि सम्पन्न पहिलो खेलमा आइडल स्कुल र प्रभात स्कुलबीच प्रतिस्पर्धा भएको थियो। खेलमा प्रभात स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै ३–० गोल अन्तरको जित निकाल्दै विजयी सुरुआत गरेको थियो।

त्यसपछि उद्घाटन खेलमा विजयपुर बोर्डिङ स्कुल र लिगामेन्ट बोर्डिङ स्कुल आमनेसामने भएका थिए। प्रतिस्पर्धात्मक खेलमा लिगामेन्ट बोर्डिङ स्कुलले १–० गोल अन्तरले विजय हासिल गरेको थियाे । लिगामेन्टका विशाल तामाङले गरेको एकमात्र गोल नै टोलीको जितका लागि निर्णायक बन्यो।

आयोजकका अनुसार प्रतियोगितामा धरानका ८ वटा विद्यालयको सहभागिता रहेको छ। उक्त प्रतियोगिताकाे फाइनल खेल असार १२ गते हुने छ। 

प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने आयोजक धरान सिटी फुटबल क्लबले जनाएको छ। - सन्देश तिमल्सिना 

IMG_20260622_211430

IMG_20260622_211453