धरान । धरानमा बडी बिल्डिङ तथा फिटनेस खेलको विकास, खेलाडीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यले धरान बडी बिल्डिङ एण्ड फिटनेस सङ्घ गठन गरिएको छ।
सुनसरी बडी बिल्डिङ एण्ड फिटनेस सङ्घका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले विकास भाँटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सङ्घको अध्यक्षमा विकास भाँटी चयन भएका छन्। त्यसैगरी प्रथम उपाध्यक्षमा सन्दीप गिरी, दोस्रो उपाध्यक्षमा साना राई, सचिवमा प्रदीप (अमृत) राई, सहसचिवमा रञ्जना राई तथा कोषाध्यक्षमा समिन कला राई चयन भएका छन्। सदस्यहरूमा कुमार लिम्बु, मनिष मास्के, शुभम श्रेष्ठ, तुसार शाह र विनोद नेपाली रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थेबेले धरानमा छुट्टै बडी बिल्डिङ तथा फिटनेस सङ्घको आवश्यकता रहेको उल्लेख गर्दै खेलाडीहरूको हकहित संरक्षण, खेलको विकास तथा संस्थाको गरिमालाई उच्च राख्दै अघि बढ्न नवगठित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।
सुनसरी बडी बिल्डिङ एण्ड फिटनेस सङ्घका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल बडी बिल्डिङ एण्ड फिटनेस महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा हाल कोशी प्रदेश बडी बिल्डिङ एण्ड फिटनेस सङ्घका कोषाध्यक्ष रणबहादुर थेबे रहेका थिए।


