धरान । बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका ११ नं. वडा बाल सञ्जालद्वारा आयोजित दन्त तथा सामान्य स्वास्थ्य शिविरमा १३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने नारासहित असोज ३ गते मंगलबार धरान–११ वडा कार्यालयमा आयोजित शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो भने उक्त शिविरमा बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षण, आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति कार्की, रेक्टर प्रा. डा. शिवेन्द्र झा, रजिस्ट्रर धरानिधर बराल तथा निर्देशक डा. इन्द्रकुमार लिम्बूलगायतको उपस्थिति रहेको थियो।
शिविरको आयोजक वडा बाल सञ्जाल धरान-११ रहेको थियो भने संयोजन धरान उपमहानगरपालिका ११ नं. वडा कार्यालयले गरेको थियो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले सहकार्य गरेको थियो।
शिविर वडा बाल सञ्जालका अध्यक्ष रोशन शंकरको संयोजकत्वमा सम्पन्न भएको थियो। धरान- ११ नं. वडा कार्यालयका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले शिविरमा सेवा प्रदान गर्ने सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद व्यक्त गरेका थिए।
IMG_20260919_145349
IMG_20260919_145411कार्यक्रमअन्तर्गत बाल प्रतिभा पुस्तक विमोचन तथा सम्मान र बधाई कार्यक्रमसमेत रहेकाे संयाेजक राेजन शंकरले बताएका छन्।