धरान । धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीको पहलमा धरानका विभिन्न स्थानमा डेलिनेटर पोस्ट राखिएको छ। बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीमार्फत भानु चोक, पुतलीलाइन, धनकुटे राेड, बुद्ध चोक, तीनकुने र पृथ्वी चोक क्षेत्रमा डेलिनेटर पोस्ट राखिएको हो।
कार्यपालिका सदस्य भाटीले नगरपालिकाबाट रु १ लाख १० हजार बजेट विनियोजन गरी १०० पिस डेलिनेटर पोस्ट खरिद गरेका थिए। उनले उक्त सामग्री जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङलाई हस्तान्तरण गरेका थिए।
धरानमा दिनप्रतिदिन बढ्दै गएको सवारी चाप र ट्राफिक जामलाई व्यवस्थापन गर्न डेलिनेटर पोस्ट राखिएको कार्यपालिका सदस्य विकास भाटीले बताएका छन्। यसले सवारी साधनलाई निर्धारित लेनमा सञ्चालन गर्न, अनावश्यक पार्किङ नियन्त्रण गर्न तथा सडक सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




