रामबहादुर थापा ‘बादल’लाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेकाे  राष्ट्रिय सभामा सदस्यको पदमा एमालेबाट ‘बादल’लाई उम्मेदवार बनाउने भएको छ।

 बालुवाटारमा आज बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

 उनी यस अघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगले  थापाको स्थानमा राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति आगामी जेठ ६ का लागि तोकिसकेको छ ।