सुनसरी,  — बाँसको चेफामा   तस्करी गरिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।सुनसरी  प्रहरिले   सप्तकोशी नदी बाट २२५ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।
63f103ae-da0d-4fe1-b811-5295f97ba026
वैशाख १ गते राति करिब ९ बजे बराहक्षेत्र नगरपालिका–६ पटवारी क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली खटिएको थियो। प्रहरी निरीक्षक दिवस कुवरको नेतृत्वमा पुगेको टोलीले ठाकुरवारी नजिकबाट शंकास्पद रूपमा ल्याइँदै गरेको बाँसको चेफा नियन्त्रणमा लिएको हो।
चेफा खोलेर जाँच गर्दा भित्रको तल्लो भागमा लुकाइछिपाइ राखिएका ९ वटा प्लास्टिकका बोरा फेला परे। ती बोराबाट जम्मा २२५ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी   प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवेले    जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले प्रयोग गर्न भनी नदी किनारमा लुकाइ राखिएको को ३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएकाे छ ।पक्राउ परेका दुवै जना, बरामद गाँजा र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयहरूका अनुसार नदी क्षेत्र प्रयोग गरेर यस्तो शैलीमा लागूऔषध ओसारपसार  हुन थाले पछि  यस्ता गतिविधिमाथि निगरानी कडा पारिएको   जिप्रका प्रमुख प्रहरी उपरीक्षक थेवेले  बताए ।