धरान । सुनसरी क्षेत्र नम्बर १ का लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज भानुचोकमा आयोजना गर्न लागेको चुनावी क्षेत्रीय सभाको तयारी तीव्र पारिएको छ। दिउँसो १२ बजेदेखि सुरु हुने सभालाई लक्षित गर्दै मञ्च निर्माण, ध्वनि व्यवस्थापन तथा सजावटका काम भइरहेको छ।

IMG_20260228_103242

कार्यक्रम सफल बनाउन युवा कार्यकर्ताहरू सक्रिय रूपमा खटिएका छन्। भवानी दाहाल, दिवाश बान्तवा राई तथा विवेक राई लगायत युवाहरूको सक्रियतामा सभास्थल व्यवस्थापनको काम अघि बढाइएको जनाइएको छ।

IMG_20260228_103602

सभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टिकाराम लिम्बु, समानुपातिक उम्मेदवार मौसमी राई तथा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गौतम लगायत नेताहरूको सम्बोधन रहने कार्यक्रम रहेको छ।

सभामा नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

IMG_20260228_095932

IMG_20260228_095856

IMG_20260228_103452

IMG_20260228_095949