धरान, । सुनसरी उद्योग वाणिज्य संघकाे अध्यक्षमा गाेपाल श्रेष्ठ विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्दी लाई ९५८ मतान्तरले पराजित गर्दै तीन बर्षीय कार्यकालको लागि गाेपाल श्रेष्ठ   निर्वाचित भएका हुन ।  मंगलबार सम्पन्न निर्वाचनमा गाेपाल श्रेष्ठले  १६०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे ।निर्वाचनमा वाट  वाणिज्य सदस्यतर्फ अमित अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, रामचन्द्र शर्मा, विवेक अग्रवाल, शशी शाह र शैलेशकुमार आचार्य प्रमोद विजयी भएका छन् ।

FB_IMG_1752592280657

    अमित अग्रहरीले ९०१, किसन मास्केले ७८५, जयप्रकाश शर्माले ८५१, नवीन राजभण्डारीले ९२९, रामचन्द्र शर्माले ८६३, विवेक अग्रवालले ८४०, शशी शाहले ८२० र शैलेशकुमार आचार्य प्रमोदले ८९९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।त्यस्तै वाणिज्य महिला सदस्यतर्फ वर्षा अग्रवाल श्रेष्ठ ८८० मत ल्याउँदै विजयी भएकी छन् । अर्की प्रतिस्पर्धी ममता शार्यले ४५३ मत पाएकी थिइन् ।एशोसियट सदस्यतर्फ  राजु शाह, राजेश अग्रवाल र ललितकुमार अग्रवाल निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ७५ , ८० र ११७ मत ल्याएका छन् ।

उद्योग सदस्यतर्फ कृष्णप्रसाद   पाठक (४८१), प्रभात खतिवडा (५०३), विष्णु बराल (५५० ) र महेन्द्र प्रधान (५४६ ) विजयी भएका छन् भने उद्योग महिला सदस्यतर्फ मीना राई निर्विरोध निर्वाचित भएकी छन् । वस्तुगत सदस्यतर्फ नविनकुमार तामाङ र नारायण लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले व्यवसायी हितका लागि आगामी दिनहरूमा संघलाई अझ बढी प्रभावकारी र व्यवसाय मैत्री बनाइने प्रतिबद्धता जनाएका छन् ।