धरान, — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको आवश्यकता औंल्याउँदै संघीय संरचना सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ संघको प्रथम महाधिवेशनलाई धरानमा सम्बोधन गर्दै उनले संघ सरकारको अधिकार घटाई प्रदेश तथा स्थानीय सरकारलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने बताए।
थापाले समानुपातिकता वा समावेशिताभन्दा बढी ध्यान प्रदेश र स्थानीय सरकारको सक्षमता तथा कार्यक्षेत्र विस्तारमा दिनुपर्ने धारणा राखे। उनले यस विषयमा एमालेसँग सहकार्य गरेर संविधान संशोधन गर्न सकिने संकेत समेत दिए।

संघीयताको विकल्पमा सोच्न नहुने उल्लेख गर्दै थापाले कांग्रेसभित्रै केही नेताहरू संघीयताको विरोधमा विचलित देखिएकोप्रति असन्तुष्टि जनाए। “संघीयता कांग्रेसकै विचार हो,” उनले भने, “कांग्रेस अन्य पार्टीभन्दा अघि संघीयता र विकेन्द्रीकरणको पक्षमा उभिएको छ।”
उनले कांग्रेसले देशमा विकेन्द्रीकरण र संघीयताको पक्षमा अरू कुनै पार्टीभन्दा अगाडि उभिएको समेत बताए। यद्यपि पछिल्लो समय केही व्यक्तिहरूले राजतन्त्र फर्किने भाष्य निर्माण गरिरहेका छन्, जसलाई उनले पूर्णरूपमा अस्वीकार गरे। “राजतन्त्र फर्किन्छ भन्ने कल्पना सम्भव छैन,” उनले भने, “गणतन्त्र केवल शासन व्यवस्था होइन, यो हाम्रो नागरिक संस्कार हो।” गणतन्त्रलाई केवल शासन व्यवस्था नभई नागरिक संस्कारको रूपमा बुझ्नुपर्ने धारणा राख्दै उनले पछिल्लो समय राजतन्त्र फर्काउने भाष्य निर्माण गरिन थालेकोप्रति चिन्ता व्यक्त गरे। “राजतन्त्र फर्किन्छ भन्ने कल्पना सम्भव छैन,” उनले भने ।


