धरान, सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा लागू औषध ब्राउन सुगरसहित तीन जना युवक पक्राउ परेका छन्।

शनिबार साँझ ५ बजे सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका तीन युवालाई शंका लागेपछि रोकेर खानतलासी गरेको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सुनसरी, इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय बिबेक अधिकारी, इटहरीकै २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राई छन्।

खानतलासीका क्रममा मनोज परियार र मनिष राईको साथबाट लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ ४ ग्राम ८२ मिलीग्राम (प्लास्टिक बाहेक ३ ग्राम ३७ मिलीग्राम) फेला परेको छ। यस्तै, बिबेक अधिकारीको साथबाट ‘Nitracross’ लेखिएको ट्याब्लेट ४ वटा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको     जिल्ला प्रहरीकार्यालय सुनसरि प्रमुख प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।  प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी बढाउँदै आएको र लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कडा कारवाही प्रक्रिया अघि बढाइएको  जिल्ला प्रहरीकार्यालय सुनसरि प्रमुख प्रहरी उपरिक्षक तिम्सिनाले वताए ।