धरान । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजूलाई उल्लेख्य घटाएको छ । मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म मन्त्रालयले ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजू नियमित गर्नुपर्नेमा १३ करोड ८५ लाख २३ हजार ९६८ रुपैयाँ नियमित गरेको छ । यस्तै असुल गनुर््पर्ने २ करोड २३ लाख ३९ हजार दुई सय ७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल गरेको छ । मन्त्रालयलेअब १ करोड ७० लाख ३८ हजार २ सय ५९ रुपैयाँ असुल गर्न बाँकीदेखिएको छ । यस्तै नियमित गर्न बाँकी रकम अझै २५ करोड ६२ लाख२३ हजार ८६८ रुपैयाँ रहेको छ ।स्वास्थ्य मन्त्रालय अन्तर्गत १४ वटा जिल्ला स्वास्थ्य कार्यालय, १३ वटा जिल्लाअस्पताल, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापनकेन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी ट्रमा सेन्टर, प्रादेशिकआर्युवेद अस्पताल लखनपुर, १४ वटा आर्युवेदिक स्वास्थ्य केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र तालिम केन्द्र धनकुटा छन् । त्यसमध्ये जिल्लास्वास्थ्य कार्यालय पाँचथर, ताप्लेजुङ, धनकुटा, प्रादेशिक आयुर्वेद अस्पताललखनपुर, आयुर्वेद स्वास्थ्य केन्द्र इलामलगायतले भने बेरुजू घटाउन कुनै प्रगति गरेका छैनन् ।स्वास्थ्य मन्त्रालयका मन्त्री भुपेन्द्र राईले बाँकी रहेको असुल गर्नुपनेर् बेरुजूलाई असार मसान्तसम्ममा शून्यमा झार्ने बताए । ‘सुशासनमासम्झौता हुँदैन । शून्य सहनशीलता भनेको बेरुजूलाई शून्यमाझार्नु हो । त्यसपछि मात्रै हामीले भनिरहेको सुशासन कायम हुन्छ,’ राईले भने ।
मन्त्री राईले सम्हालेकै भौतिक पूर्वाधार विकास मन्त्रालयले असुलगर्नुपर्ने बेरुजूलाई पनि उल्लेख्य घटाएको छ । तथ्याङ्क अनुसार गतआर्थिक वर्ष २०८०–८१ सम्ममा मन्त्रालय र मातहतका अन्य १२ वटाकार्यालयको असुल गर्नुपर्ने बेरुजू रकम ३६ करोड ५१ लाख ७४ हजार ९४०रुपैयाँ थियो । सो मध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजू असुल भएको हो ।
मन्त्रालयका अनुसार असुल गर्नुपर्ने बेरुजू सबैभन्दा धेरै पूर्वाधार विकासकार्यालय मोरङ अन्तर्गत थियो । उक्त कार्यालयमा १८ करोड ६२ लाख ९३हजार २३५ रुपैयाँ थियो । जसमध्ये सो कार्यालयले १६ करोड १६ लाख९४ हजार रुपैयाँ असुल गरेको छ ।यस्तै यातायात पूर्वाधार विकास कार्यालय मोरङ, पूर्वाधार विकास कार्यालयपाँचथर, पूर्वाधार विकास कार्यालय संखुवासभाले भने बेरुजू असुल गर्नैसकेका छैनन् । ती कार्यालयहरुमा असुल गर्नुपर्ने बेरुजू क्रमशः २करोड ३६ लाख,६ करोड १३ लाख, ९२ लाख र ७ लाख ७७ हजार रुपैयाँ थियो ।सो मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजू रकम १ अर्ब ७४ करोड ६० लाख १९हजार १६६ रुपैयाँ रहेको छ । जसमध्ये २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको मन्त्री राईले बताए । उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नियमित गर्नुपर्ने बेरुजूलाई १ अर्बले घटाउने लक्ष्यराखेको बताए । यस्तै असुल गर्नुपर्ने बेरुजूलाई सकेसम्म शून्यमा झार्ने उनले बताए


