धरान । नेप्से परिसूचक आज चार अंकले घटेर २५७६.७६ मा बन्द भएको छ। कारोबारको सुरुमा सकारात्मक देखिएको बजार दिनभरजसो ओरालो लाग्दै गयो। अन्तिममा बजार परिसूचक ४.०२ अंकले घट्दा लगानीकर्ताहरूमा केही निराशा छाएको छ।

आज नेप्सेमा बैंकिङ, विकास बैंक, जीवन बीमा लगायतका धेरै उपसमूहहरूले गिरावटको सामना गरे। कुल २६३ कम्पनीहरूको कारोबार हुँदा करिब १ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। बजारमा गिरावट आए पनि केही कम्पनीहरूको शेयर मूल्य भने सकारात्मक रुपमा उकालो लागेको छ।

लगानीकर्ताहरूले बजारमा स्थिरता नआउँदासम्म सजगता अपनाउनुपर्ने भन्दै विश्लेषकहरूले सावधानीका साथ अगाडि बढ्न सुझाव दिएका छन्।