धरान  । नेपालकै सबै भन्दा धेरै धावक दौडने ११ औ नेवा च्यारिटि धरान रनको  उपाधी भारतिय आर्मीमा कार्यरत दिपक सुहाङ हात पारेका छन् । १० किलो मिटर दुरी ३२.०५ मिनेटमा पुरा गर्दै उनले धरान १० रनको प्रथम भएका हुन् ।  उनले नगद ६० हजार पाउदा महिदा तर्फ भने राजपुरा प्रछाई निर्धारित १० किलोमिटर दुरी ३७.३६ मिनेटमा पार गर्दै प्रथम भइन उनले पनि नगद ६० हजार पाइन । 

drn run (1)


पुरुष तर्फ नेपाल आर्मीका  गजेन्द्र राईले ३२.२४ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने  विदेशी धावक केनियाका  सिमियोन किप्लागतले ३३.१३ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । महिला तर्फ पुर्णलक्ष्मी न्यौपानेले ४०.२८ मिनेटमा पार गर्दै दोस्रो  र आशा राउतले ४२.२७ मिनेटमा दुरी पार गर्दै त्र तेस्रो भए । उनिहरुले  ४० हजार र ३० हजार पुरस्कार  पाए  । 

drn run (4)

अण्डर १६ मा छात्रतर्फ विगल आङ्देम्बे लिम्बू ३६.४८ मिनेटमा दुरी पार गर्दै पहिलो, प्रविण राई ३९.५१ मिनेटमा दुरी पार गर्दै दोस्रो र करण लिम्बू ३०.५० मिनेटमा मिनेटमा दुरी पार गर्दै तेस्रो भए । अण्डर १६ छात्रा तर्फ नानी तामाङ ५१.३४ मिनेटमा दुरी पार गर्दै पहिलो, कुशुम राई ५१.४४ मिनेटमा दुरी पार गर्दै दोस्रो र सुना सिद्धिकी ५९.३७ मिनेटमा दुरी पार गर्दै तेस्रो भइन् । उनीहरुलाई क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार  पाए  ।

drn run (2)

अण्डर १२ मा छात्र तर्फ योगेश पिठाकोटे मगर पहिलो, आयुष राई दोस्रो र एलन खनाल तेस्रो भए । अण्डर १२ मा छात्रा तर्फ विनिता राई पहिलो, जुही राई दोस्रो र युना पालुङ्वा तेस्रो भए । उनीहरुलाई पनि क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । भेट्रानको पुरुष तर्फ धर्म महर्जन पहिलो, निमेश क्षेत्री दोस्रो र पदम महतो तेस्रो भए । भेट्रान महिला तर्फ जमुना लिम्बू पहिलो, छिरिङ लामु भुटिया दोस्रो र सर्मिला राई तेस्रो भए । उनीहरुलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए । सुपर भेट्रान तर्फ कृष्ण तामाङलाई विजयी घोषित गरिएको थियो । उनले ४५.५५ मिनेटमा दौड पुरा गरेका थिए । स्थानीय विजेता भनेर ३४.५५ मिनेटमा दुरी पार गरेका किरण लिम्बू र ४२.४६ मिनेटमा दुरी पार गरेकी छेन्वीमाया   विजेता  भइन  ।  ३५ सय बढीले धरान रनमा सहभागीता जनाएको  रनमा ह्वीलचेयर दौड समेत गरिएको थियो ।  दौडमा विजयी हुनेहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नायक दयाहाङ राई,  लगायतले पुरस्कार वितरण गरेका थिए ।