धरान : कोभिडको कारण दुई बर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ट गोल्डकपको २३ औं सँस्करण शनिबार भोली देखी धरान रंगशालामा सुरु हुदैछ । २२ औ संस्करण सम्पन्न पछि कोभिड महामारीको कारण भएको आर्थिक संकटको कारण हुन नसकेको गोल्डकपको २३ औ संस्करण फागुन १३ भोली देखि धरान रंगशालामा हुने भएको हो । २०७७ र २०७८ सालमा भने कोरोना महामारी र आर्थिक संकटले गर्दा क्रमशः २३ औं र २४ औं सँस्करण आयोजना हुन सकेको थिएन । आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै २३ औ संस्करणको तयारी पुरा भएको आयोजक धरान फुटवल क्लवले जनाएको छ । २३ औ संस्करण भब्य र सव्य रुपमा हुने धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिए । उनले प्रतियोगिताको लागी खेलमैदान , प्यारफिटहरु तयार भइसकेको तथा सहभागि हुने क्लवहरु समेत धरान आइसकेको वताए । उनले प्रतियोगिताको उद्घाटन धरान उपमहानगर पालिका मेयर मेयर हर्कराज राई ( हर्क साम्पांग)ले गर्ने वताउदै उद्धघाटन समारोहमा ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले बिशेष प्रस्तुती रहने जानकारी दिए ।
प्रतियोगिताको उद्घाटनखेलमा आयोजकले भारतको युके एफसि को समाना गर्ने छ । प्रदेश १ कै प्रतिष्ठित गोल्डकपको रुपमा रहेको बुढासुब्बा गोल्डकपको यो संस्करण भने नेपालका ए डिभिजन क्लब मध्ये वाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने भएको छ । प्रतियोगितामा पुलिस सगै आयोजक ,३ विदेशी टिम एभेनियर एफसि क्यामरुन, केबिपिएस वंगलादेश, सगै बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख पाउने छ भने उपविजेताले नगद ५ लाख पाउनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यो पटक भने नगद १ लाख दिइने क्लवका कोशाध्यक्ष घनश्याम बुढाथोकीले वताए । प्रतियोगितामा व्यक्तिगत तर्फ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार पाउने कोशाध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ट्रफि सहति ३५ हजार पुरस्कार वताए । स्थानीय सरकार धरान उपमहानगरपालिका, प्रदेश सरकार, प्रदेश खेलकुल विकास बोर्ड , राष्ट्रिय खेलकुद परिषद लगायत विभिन्न दाताबाट १ करोड ९ लाख ५० हजार आम्दानि गर्ने लक्ष्य राखिएको वताउदै कोशाध्यक्ष घनश्याम बुढाथोकीले प्रतियोगिताको खर्च ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको जानकारी दिए ।


