सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा रहेका छन् ।

उनिहरु गत माघ २५ गते इटहरी–२ का बिक्रम खडकाको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरि फरार थिए । फरार उनिहरुलाई बिराटनगर–११ स्थितबाट पक्राउ गरेको गरि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।


