नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।
खोप खरीदमा २६ अर्ब ७५ करोड बजेट
अर्थमन्त्री पौडेलले बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् । गत बर्ष स्वास्थ्यमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसपाली अर्थमन्त्री पौडेलले कोभिड १९ को उपचार तथा रोकथामको लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेका छन् भने कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको जानकारी दिएका छन् । यस्तै, स्थानी तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन ७ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् ।
यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए ।
सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्ठरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौडेलले बालबालिकालाई १३ प्रकारका खोप लगाई आगामी बर्ष पूर्ण खोपयुक्त मुलुक बनाउने घोषणा गरे । आगामी बर्ष छ लाख २० हजार बालबालिकालाई खोप सेवा उपलब्ध गराइने उल्लेख छ ।
अक्सिजन उद्योगलाई छुट
अक्सिजन उद्योग स्थापनामा चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा सरकारले छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि जानकारी दिए । कोभिड अवधिभरको लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने पनि बजेट वक्तव्यमार्फत अर्थमन्त्री पौडेलले बताए ।
सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्ठरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ ।
कोभिड–१९ का सङ्क्रमितको रोकथाममा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिमभत्तालाई निरन्तरता दिइएको छ । औषधि खरिदका लागि रु पाँच अर्ब ६० करोड विनियोजन गरिएको छ ।
विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, मस्तिष्काघात, सिकसलेस लगायतका रोगमा निःशुल्क औषधि उपचार गर्न रु दुई अर्ब ५० करोड विनियोजन गरिएको छ ।
चालु आवभित्र काठमाडौँ उपत्यकामा ३०० श्यया र सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पताल सम्पन्न गर्नका लागि रु एक अर्ब ३० करोड विनियोजन गरिएको छ । सवै जिल्ला अस्पतालमा प्रसुति र नवजात शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने उनको भनाई रहेको छ ।
विराटनगर, विरगंज, बुुटबल र धनगढीका सवै सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आइबिएस सेवा सञ्चालन गरिने वजेट बक्तब्यमा उल्लेख छ । यसैगरी आर्थिक बर्षदेखि ३९७ स्थानीय तहका निर्माण गर्न थालिएका अस्पताल दुई बर्षभित्र सम्पन्न गरिने, अस्पताल बन्न बाँकी स्थानीय तहमा आगामी आव २०७८÷०७९ बजेट विनियोजन गरिने उल्लेख छ । ती स्थानीय तहमा अस्पताल बनाउनका लागि रु ६ अर्ब १५ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौडेलले बालबालिकालाई १३ प्रकारका खोप लगाई आगामी बर्ष पूर्ण खोपयुक्त मुलुक बनाउने घोषणा गरे । आगामी बर्ष छ लाख २० हजार बालबालिकालाई खोप सेवा उपलब्ध गराइने उल्लेख छ ।सरकारले कोरोनाको कारण लागु गरेको निषेधाज्ञा अवधिमा छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य मार्फत निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट दिने घोषणा गरेका छन् । यस्तै, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए ।


