हालको परिस्थितिमा कोभिड–१९ विरुद्धको अभियानलाई सबै एकजुट भई उच्च मनोबलका साथ सफल बनाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आग्रह गरेका छन् । 

मेयर राईले गत वर्षदेखि फैलिएको यस कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन आग्रह गर्दै गणतन्त्र  दिवस २०७८ को अवसरमा  शुभकामना सहित अपिल गरेका छन् । 

मेयर राईले महान जनआन्दोलन पश्चात् प्राप्त गणतन्त्रलाई संस्थागत गर्न देशको राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडी बढाई विकास र समृद्धिको यात्रामा अग्रसर हुन पनि सबैमा आग्रह गरेका छन् । 

शुभकामना सन्देश जारी गर्दै मेयर राईले ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

‘गणतन्त्र दिवस २०७८ को अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो उत्सर्ग गर्नु हुने वीर सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ मेयर राईद्वारा जारी सन्देशमा भनिएको छ ।