धरान । फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको ‘धरान स्कूल डान्सिङ स्टार सिजन–३’ को ग्राण्ड फिनाले भोलि फागुन ११ गते धरान–१५ स्थित छुम्लुङ हिम भवनमा आयोजना हुँदैछ।
विद्यालयस्तरका ३० जना उत्कृष्ट प्रतिस्पर्धीहरूबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। अडिसन, कल्चर र मोडर्न राउण्ड पार गर्दै छनोट भएका प्रतिभाहरू भोलिको फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका विजेताले रु. २० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रथम उपविजेताले रु. १५ हजार तथा द्वितीय उपविजेताले रु. १० हजार नगदसहित ट्रफी र मेडल पाउने व्यवस्था गरिएको छ।
विद्यालयस्तरमा नृत्य प्रतिभा खोजी र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको ग्राण्ड फिनालेलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको आयोजकले जनाएको छ।


