धरान । माेफसलकाे प्रतिष्ठत फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण  बुढासुब्बा गाेल्डकपकाे २६ ओैं संसस्करण माघ २२ गते देखि हुने भएकाे छ ।
आयाेजक धरान फुटवल क्लबले बिहिबार हाेटल मेरिकनमा पत्रकार सम्मेलन गर्दै गाेल्डकपकाे २६ओै संस्करण माग २२ देखि फाल्गुन २ गते सम्म हुने जानकारि दिएकाे हाे ।
धरान रंगशालमा हुने प्रतियाेगिता मा २ विदेशी सहित १० टिमकाे सहभागिता रहने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारि दिए । यस अघि गाेल्डकपमा ८ वटा टिमले सहभागिता रहदै आएकाे थियाे । प्रतियोगिता काे विजेता टिमले नगद १० लाख सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले नगद ५ लाख ट्रफि , मेडल र प्रमाणपत्र पाउने छ । प्रतियाेगिताकाे उत्कृष्ट खेलाडीले हाेण्डा कम्पनिकाे डियाे स्कुट  र सर्वाधिक गाेलकर्ता ले ३५ हजार पाउने छ भने व्यक्तिगत  विधा तर्फ उत्कृष्ट गाेलरक्षक ,उत्कृष्ट डिफेन्स ,उत्कृष्ट मिडफिल्डर ,उत्कृष्ट स्ट्राइकर ,उत्कृष्ट प्रशिक्षकले नगद २५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियाेगितामा साविक विजेता  एनआरटी क्लब काठमाडौ ,चर्च ब्वाइज क्लब काठमाडौ ,नेपाल पुलिस क्लब काठमाडौं ,राेयल थिम्पु भुटान,जर्जियन क्लब कालेम्पुङ भारत , एलए क्लब पाेखरा, सातदोबाटो युथक्लब ललितपुर ,प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौ , झापा ११ झापा र आयाेजकले प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगिताकाे संयाेजन धरान उपमहानगर पालिकाले गरेकाे छ भने मुख्य प्रायाेजक गाेरखा ब्रुअरी प्रालि , मुख्य सहप्रायाेजक टेष्टी ,टेस्टी चाउचाउ , सह प्रायाेजक रेडबुल, गुरूङ बिबिक्यु , सिंगापुर बेभरेज निम्बु पानी तथा हस्पिटालिटी पार्टनर हाेटल मेरिकन रहेकाे छ ।
प्रतियोगिताकाे गेट टिकट बिक्री  भने क्लवले  अन्य संस्था लाई जिम्मा दिने क्लबका  महासचिव नवीन राईले जानकारि दिए ।