धरान। नेपाल पुलिस स्कुल धरानको आयोजनामा सञ्चालन भइरहेको सातौँ कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत दाेस्राे दिनकाे खेलमा बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल विजयी भएकाे छ ।
निधी सेकेण्डरी स्कुल, विर्तामोड, झापा लाई १ का विरूद्ध २ हराउदै बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल माेरङ विजयी भएकाे हाे ।
बाल्मिकी सेकेण्डरी स्कुलकाे लागि साङ्केन्मा बान्तावा राई र मनिष दुलाल गरेका थिए ।
निधी सेकेण्डरी स्कुल, विर्तामोडका तर्फबाट पुजन ढकालले एक मात्र सानत्वाेना गाेल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल, मोरङका साङ्केन्मा बान्तावा राई हुदै उनले १हजार नगद सहित तथा पदक पाए ।

खेल कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रसाइलीले विद्यालय तहबाटै खेलकुदको विकास गर्न सके भविष्यमा सक्षम राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताए ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र प्रसाद फुयाल, नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान इकाई धरानका प्रहरी नायब उपरीक्षक सहकुल के.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुमार गौतम, नेपाल पुलिस स्कुल धरानका प्राचार्य मनिका सुब्बा राई, विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेश कुमार हायू, शिक्षक, प्रहरी कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो खेल दिल्ली पब्लिक स्कुल विराटनगर र बाल्मीकी एजेकेशन फाउण्डेसन झापाबीच दिउँसो १:०० बजे र दोस्रो खेल प्रभात सेकेण्डरी स्कुल धरान र सैनिक आवासीय महाविद्यालय धरानबीच दिउँसो २:३० बजे हुने आयाेजकले जनाएकाे छ ।


