धरान। विद्यालय तहका विद्यार्थीहरूको शारीरिक क्षमता विकास, खेल प्रतिभाको पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले धरानमा Track and Field Meet–2082 आयोजना हुने भएको छ। संस्थागत विद्यालयहरूको संगठन एन प्याब्सन र प्याब्सन धरान नगर समिति को संयुक्त आयोजनामा पुष १० र ११ धरान -१६ स्थित रंगशालामा Track and Field Meet–2082 हुन लागेकाे हाे ।
प्याब्सन धरान अध्यक्ष दिपक घिमिरेका अनुसार एथलेटिक्सका अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुनेछ। प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र–छात्राहरूले सहभागिता जनाउनेछन्। Track तथा Field विधाअन्तर्गत विभिन्न प्रतिस्पर्धात्मक खेल समावेश गरिएको छ।
छात्रतर्फ १०० मिटर दौड, २०० मिटर दौड, १००×४ रिले दौड, लङ जम्प तथा सटपुट थ्रो प्रतियोगिता हुनेछन्। यस्तै छात्रातर्फ पनि Track र Field विधाका खेलहरू समावेश गरिएका छन्।
प्रतियोगितामा एक खेलाडीले अधिकतम तीनवटा इभेन्टमा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ भने रिले तथा फिल्ड/ट्र्याकमध्ये एक–एक इभेन्टमा सहभागी हुन पाइने एन-प्याब्सन धरान अध्यक्ष भगत लिम्बुले बताए । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, समय व्यवस्थापन, नेतृत्व क्षमता तथा खेल भावना (Sportsmanship) विकास गराउने उद्धेश्यले प्रतियोगिताकाे आयाेजना गरिएकाे एन- प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेन्द्र गुरूङले वताए । उनले यस प्रतियोगिताले विद्यालयस्तरमै लुकेका खेल प्रतिभा पहिचान गरी भविष्यमा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान दावि गरे ।
प्रतियोगितामा ५० विद्यालयका १ हजार वढि विद्यार्थी सहभागी हुने आयाेजकले जनाएकाे छ ।


