धरान । प्रथम ५-ए-साइड भेट्रान फुटसल प्रतियोगिता २०८२ काे उपाधि गोर्खा एफसीले हात पारेकाे छ । धरान १६ स्थित गाेर्खा फुटसलमा बिहिबार भएकाे प्रतियाेगितामा ५ः३० एफसीलाई १ का बिरूद्ध ४ गाेलले पाखा लगाउदै गाेर्खाले उपाधि उचालेकाे हाे । उपाधि सगै नगद ४०हजार ट्रफि र प्रमाण पत्र पाएकाे छ । गाेर्खाकाे जितकाे लागि सन्ताेष राईले ह्याट्रिक पूरा गरे भने बिष्णु सुनुवारले १ गाेल गरेका थिए ।
उपविजेता हुँदै ५ः३० एफसीले नगद २० हजार ,ट्रफि र प्रमाणपत्र पायाे ।उसकाे लागि १ मात्र सान्त्वना गाेल अनिष मगरले गरेका थिए । यार्सा क्लब धरान १३काे आयाेजनामा भएकाे प्रतियाेगितामा तेस्रो हुँदै मित्रता एफसिले नगद १० हजार हात पार्याे । 
प्रतियाेिगताका विजेता टिकमलाई फुटवल प्रशिक्षक तथा पुर्व फुटबल खेलाडी सागर घिमिरे यार्सा क्लवका अध्यक्ष अनिल जबेगु लगाएले नगद तथा ट्रफि प्रदान गरेका थिए । प्रतियाेिगतामा १४ टिमकाे सहभागिता रहेकाे थियाे ।


