धरान । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङमा  समानान्तर कमिटी गठन भएकाे छ । संघको आसन्न १०औं अधिवेशनलाई लक्षित गर्दै जयन्ती गुरुङ (संगिता) को नेतृत्वमा १४ सदस्यीय समानान्तर कमिटी गठन गरिएको हो।  जोर्डनस्थित नमो बुद्ध धर्म आमा समूह गुम्बामा आयाेजित भेलाले गुरूङकाे नेतृत्वमा कमिटी गठन भएकाे हाे ।
१९ सदस्यीय कमिटीका   अन्य रिक्त पदहरू आगामी बैठकमार्फत पूर्ण गरिने जनाएको छ। अध्यक्ष पदका लागि आधिकारिक उम्मेदवारी दर्ता गरिसकेकी जयन्ती गुरुङले समानान्तर कमिटी गठनको कारण स्पष्ट पार्दै भनिन्—“उम्मेदवारी दर्ता प्रक्रिया नै असभ्य र त्रुटिपूर्ण भयो।अहिलेको कार्यसमिति न तहङकङको नयाँ कानुनअनुसार चलेको छ, न त नेपाल सरकारद्वारा मान्यता प्राप्त केन्द्रिय संरचनासँग मेल खान्छ।”
उनको आरोप छ कि हालको एनआरएन हङकङ केही सीमितव्यक्तिहरूको नियन्त्रणमा छ, र IMS सिस्टममार्फत हङकङवासीनेपालीहरूको महत्वपूर्ण
कागजातहरू बिदेश पठाएको
आरोपसमेत लगाए।

       छिट्टै नयाँ अधिवेशन

समानान्तर कमिटीले आगामी ६ महिनाभित्र हङकङको कानुन बमोजिम नयाँ अधिवेशन सम्पन्न गर्ने जनाएको  छ। सो क्रममा नयाँ सदस्यता वितरण प्रक्रिया सुरु गरिने जनाइएको छ।
एनआरएनए हङकङमा देखिएको यो नयाँ मोडले संस्था भित्रको आन्तरिक राजनीति र नेतृत्व संघर्षलाई पुनः सतहमा ल्याएको छ। आगामी दिनमा केन्द्र र हङकङको राजनीतिक समन्वय कसरी अघि बढ्छ भन्नेमा चासो बढेको छ।