धरान, सुनसरीको धरान उपमहानगरपालिका–१३ निसाने डाँडास्थित कोशी राजमार्गमा प्रहरीले लागू औषध गाँजासहित एक किशोरलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी अमरहाट, धरानबाट प्हरी सहायक निरिक्षक रिवन पाण्डेकाे नेतृत्वमा खटिएको चेकिङ टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८१८ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो ।

उक्त बसमा सवार मोरङको रंगेली नगरपालिका    रोशन उप्रेतीले बोकेको कालो झोलाबाट १० केजी (दश किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उप्रेतीलाई बरामद गरिएको लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान ल्याई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।