धरान ः आयोजक आयोजक राष्ट्रिय जागृति (राजा) क्लव इटहरी १५ र्औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो खेलबाटै बाहिरिएको छ ।
इटहरी रगशालामा शनिबार भएको उद्घाटन खेलमा पाहुना टोली भारतको युनाइटेड कर्साङ फुटबल क्लव (युकेएफसी)सँग २–१ गोल अन्तरले पराजित हुदै आयोजक राजा क्लव पहिलो खेलबाटै बाहिरिएको हो । अघिल्लो संस्करणको हारको वदला लिदै युकेएफसीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
खेलको ११ र्औ मिनेटमा इटहरीले सुरुवाती गोल गरेको थियो । उमेश कार्कीको कर्नरमा विदेशी खेलाडी एलेक्सले हेडिङ गोल गर्दै इटहरीलाई अग्रता दिलाएका थिए । खेलको २१ र्औ मिनेटमा युकेएफसीले गोल फर्काएको थियो । युकेएफसीका सत्यम शर्माको फ्रि किक प्रहार सिधै गोलमा परिणत भएसँर्गै युकेएफसीले खेल १–१ गोलको बराबरीमा ल्याएको थियो । खेलको प्लेयर अफ दि म्याच सत्यम नै घोषित हुदै नगद १० हजार रुपैयाँ पाए ।
पहिलो हाफ १–१ गोलको बराबरी खेलको दुबै टिमले दोस्रो हाफमा इटहरीले गोल खाएको थियो । खेलको ५५ र्औ मिनेटमा युकेएफसीले थप एक गोल गरेको थियो । युकेएफसीका लागि चाम्प्रमारियाको पासमा हेमराज भुजेलले हेडिङ गोल गरेका थिए । हेमराजको निर्णायक गोलले पहिलो पटक सेमिफाइनलमा पुगेको युकेएसफीले आयोजक इटहरीसँग गत वर्षको हारको बदला समेत लिएको छ । गत वर्ष युकेएफसी आयोजक इटहरीसग टाइबे्रकरमा पराजित हुँर्दै पहिलो खेलबाटै बाहिरिएको थियो । आइतबारको खेल दुई पटकको विजेता सगरमाथा युथ क्लव मोरङ र न्युरोड टिम (एनआरटी)बीच हुने आयोजक राष्ट्रिय जागृति क्लव इटहरीले जनाएको छ । एनआरटीले भर्खरै २५ र्औ बुढासुब्बा गोल्डकपको उपाधि समेत उचालेको थियो । फागुन १० गतेसम्म सञ्चालन हुने गोल्डकपको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरेका थिए । लिग च्याम्पियन चर्च ब्वाइजसहित ८ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने जागृती क्लबका अध्यक्ष सन्त दुम्जनले वताए । ।