धरान । फागुन १ – नगरकोट पिकनिकबाट फर्किंदै गरेको विद्यार्थी बस साँखुमा दुर्घटना हुँदा ३ जनाको मृ त्यु भएको छ भने ४० जना घाइते भएका छन्।
काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार दुर्घटनामा परी सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको छ। साथै, एनएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचाररत थप दुई जनाको पनि मृ त्यु पुष्टि भएको छ।
दुर्घटनाको कारण
दुर्घटना बुधबार दिउँसो पौने ५ बजेतिर शंखरापुर नगरपालिका-५, साँखु-नगरकोट सडक खण्डमा भएको हो। प्रहरीका अनुसार ब्रेक फेल भएर बस अनियन्त्रित भएपछि दुर्घटना भएको हो।
बसको विवरण
दुर्घटनामा परेको बस बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायात अन्तर्गतको हो। बस चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थीलाई पिकनिकका लागि नगरकोट लगिएको थियो।
घाइतेको अवस्था
दुर्घटनामा परी घाइते भएका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल, एनएमसी अस्पताल, र त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ।
घाइते विद्यार्थीहरूको नामावली (पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत)
- फिलिप लामा, वर्ष १०
- प्रज्ज्वल थापा, वर्ष १०
- भीम तामाङ, वर्ष ११
- राम परियार, वर्ष १६
- सुजन मगर, वर्ष १६
- सिरिसा सुवेदी, वर्ष १२
- प्रकाश बम, वर्ष १६
- साधन विष्ट, वर्ष १२
- आराध्या शाह, वर्ष १०
- आशिष तामाङ, वर्ष १५
- स्नेहा राई, वर्ष २१
- गंगा ज्योति, वर्ष ४२
- रञ्जित थापा, वर्ष १३
- सुहाना गुभाजु, वर्ष १३
- श्रीशान्त पौडेल, वर्ष १५
- कल्पना रेग्मी, वर्ष ३२
- विकल्प श्रेष्ठ, वर्ष १०
- नाइस्का पाण्डे, वर्ष २३
- सुविता तामाङ, वर्ष १४
- निशान्त पौडेल, वर्ष १४
- सौगात मगर, वर्ष १४
- अबित खान, वर्ष १०
शंखरापुर अस्पतालमा उपचाररत
- आदित्य सुनार, वर्ष १२/१३
- धीरज साउद, वर्ष १४
- सन्देश गिरी, वर्ष १३
एनएमसी अस्पतालमा १० जना र त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार ब्रेक फेल हुनु नै दुर्घटनाको मुख्य कारण भएको बताइएको छ।