साविक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको उपाधि नजिक
धरान ÷ साविक विजेता न्युरोड टिम (एनआरटी) २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।
धरान रंगशालामा विहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारतको युनाइटेड कर्साङ फुटबल क्लव(युकेएफसी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले फाएनल यात्रातय गरेको हो । गार्खा ब्रुअरी प्रालिको प्रायोजनमा भइरहेको गोल्डकपको उपाधिको लागी एनआरटीले शनिबार चर्च ब्वाइज युनाइटेडको सामाना गर्ने छ । एनआरटीलाई उपाधि नजिक पुर्याउन शिशिर लेखी १ गोल र प्रदिप बुढाथोकीले २ गोल गरेका थिए । खेलको २८ र्औ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले विदेशी खेलाडी गिदोन नाहाको पासमा सुन्दर गोल गरे । एनआरटीलाई फाइनलमा पु¥याउन प्रदिप बुढाथोकीले व्याक्तिगत दुई गोल गरे । उनले पहिलो हाफको ४५ र्औ र ७६ र्औ मिनेटमा गोल गर्दै टिमलाई फाइनलमा प¥याउन सफल भए ।प्रदिपले ४५ औ युकेएफसीका डिफन्डरले आफ्ना गोल रक्षक रुपक कोयालाई दिए बल आफ्नो नियन्त्रणमा लिदै गोल गरे भने ७६ र्औ मिनेटमा शिशिर लेखीको क्रस पासमा उत्कृष्ट गोल गरे दर्शकको राम्रो साथ पाएको युकेएसफीले मात्र एक गोल फर्कायो । खेलको ३१ र्औ मिनेटमा नबोदित नार्जिनरीको पासमा हेमराज भुजेलले एक मात्र सान्त्वना गोल रे । उनले एनआटीले गोल गरेको तीन मिनेटमै गोल फर्काएपनि थप गोल गर्न नसक्दा कर्साङको फाइनलमा पुग्ने चाहाना अधुरो रह्रयो । पहिलो हाफको खेल सकिदासम्म युकेएफसी एक गोलले पछि परेको थियो । खेलको ७६ र्औ मिनेटमा एनआरटीका प्रदिप बुढाथोकीले थप गोल गरेसर्गै युकेएफसीको यात्रा रोकियो । खेलको म्यान अफ दि म्याच पनि शिशिर नै घोषित हुँर्दै नगद १० हजारसहित ट्रफी पाए ।
एनआरटीमा कडा टक्कर दिएको खेलको १७ र्औ मिनेटमा युकेएफसीका हेमराज भुजेल गोल गर्न चुके । उनलाई नवोदितको क्रस पासमा गोल गर्न सुन्दर मौका दिएका थिए । ३३ र्औ मिनेटमा युकेएफसीका प्रशान्त राईको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छादारले मुस्किलले बचाए । खेलको ५२ र्औ मिनेटमा हेमराज भुजेलले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा युकेएफसीमाथी खेलको दबाब सिर्जना भएको थियो ।
साविक विजेता न्युरोड टिम (एनआरटी)ले क्याटरफाइनलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी)लाई ३–१ गोल अन्तरले हराउँर्दै सेमिफाइनलमा प्रबेश गरेको थियो । एनआरटी बुढासुब्बा गोल्डकपको दुई पटकको बिजेता हो । एनआरटीले बुढासुब्बाको १० औ र गत बर्ष २४ औ सस्करणको उपाधी उचाली सकेको छ । पाहुना टोली भारतको युनाइटेड कर्साङले क्वाटरफाइनलमा आयोजक धरान फुटबल क्लवलाई सडनडेथमा ७–६ गोल अन्तर हराउँर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । धरान फुटबल क्लबको आयोजना भईरहको प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख र सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने छन् ।


