धरान   । सानदार जित निकाल्दै लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको  उपाधि नजिक पुगेको छ । पाहुना टोली  भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै चर्च ब्वाइज बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल पुगेको हो । धरान रंगशालामा बुधबारको खेलमा आरटिसीमाथि एकोहोरो दबाव सिर्जना गरेको थियो । त्यसको प्रभाव गोल स्कोरमा पनि देखियो । सुरुवाती मिनेटबाटै दबावमा परेको भुटानमाथि चर्च ब्वाइजका विदेशी खेलाडी जर्सी २३ आमोन्ड बेइडोम र समिर तामाङले  ह्याट्रिक पूरा गर्दा पदम भट्टराईले गोल गरे । समिर तामाङले खेलको २१ औं मिनेट ५६ औ मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा  गर्दा  अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा गोल गरे । चर्च ब्वाइजले सुरुवातदेखि नै आरटिसीलाई दबाबमा राखेको थियो । खेलको २१ औं मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आरटिसीले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा गोल गर्न सकेन । खेलको १९ औं मिनेटमा आरटिसीका जर्सी ९ नियन्दा योसेल वान भर्सेस वानमा गोल गर्न चुके । उनले गोल किपरलाई बिट गर्न खोज्दा असफल भए ।   आरटिसीले खेलमा राम्रो अवसर सिर्जना गर्न सकेन । आरटिसीले पहिलो खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उच्च मनोबलका साथ चर्च ब्वाइज विरुद्ध मैदानमा उत्रिएको थियो । चर्च ब्वाइज भने नेपाल पुलिस क्लब विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।  खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित  हुदै  नगद १० हजार  पाए ।   गार्खा ब्रुअरी प्रालिको प्रायोजनमा भइरहेको गोल्डकप अन्तर्गत बिहिबारको अन्तिम सेमी फाइनल खेलमा एनआरटी क्लब काठमाडौ र युकेएफसी भारत भिड्ने छन् । धरान फुटबल क्लबको आयोजनामा  माघ १९ गतेदेखि चलेको प्रतियोगिता २६ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।