काठमाडौं/ सामाजिक सञ्जालमा विभिन्न कार्यको भिडियो हाल्दै चर्चामा आएकी सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार प्रहरीले आशिका तामाङलाई प्रहरी माथी डिउटीमा अभद्र गरेको आरोपमा पक्राउ गरि थप अनुसन्धान सुरु भएको छ। केहि दिन अघि उनले पशुपति क्षेत्रमा सुरक्षामा खटिएका प्रहरी माथि दुर्व्यवहार गरेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा समेत हालिएको थियो।