सुनसरीको मुख्य बजार क्षेत्र इटहरीको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ। आज बिहान करिब ३ ठाउँमा शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद वस्तु फेला परेसँगै प्रशासनले इटहरी बजार सिल गरि शंकास्पद वस्तु निष्कृय गर्ने कार्य गरिरहेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निष्कृय गर्ने कार्य गरिरहेका छन् भने बाक्लो संख्यामा अन्य सुरक्षा निकायको पनि उपस्थिती रहेको छ।


