काठमाण्डौं। काठमाणडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले पार्किङको नाममा चर्को शुल्क उठाएको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को आडमा विमानस्थल आफन्त लिन तथा पुर्याउन आउने आगन्तुकहरुसगँ चर्को रकम असुल्दै गरेको छ। 


मोटरसाइकल, स्कुटर, रिक्सा जस्ता सवारीसाधनसगँ घण्टा कै ४० रुपैयाँ नेपाल नागरिक उड्डयन प्राधिकरणले लिँदै आएको छ। त्यस्तै कार, जिप जस्ता सवारी साधनलाई प्रति घण्टा ८० रुपैँया लाग्ने रहेको छ। 


बिहिबार बिहान ११ः४५ मा रहेको कतार एयरलाइन्सको जहाजबाट विदेश जान लागेका आफन्त पुर्याउन आएका एक व्यक्तिले विमानस्थल भित्रै पार्किङको नाममा आफुले चर्को शुल्क बुझाउनु परेको आक्रोश व्यक्त गरे।