काठमाडौं- भक्तपुरस्थित गठ्ठाघरमा आज दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ। ट्राफिक प्रहरीले चेकिङको क्रममा रोकेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई उक्त ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करले मृत्यु भएका व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन्। 

दुर्घटना लगत्तै ट्राफिक प्रहरीको लापरबाहिले दुर्घटना भएको भन्दै स्थानिय आक्रोशित भइ ट्राफिक प्रहरीमाथी ढुङ्गामुढा गरेका थिए। आक्रोशित स्थानियले गठ्ठाघर चोकमा रहेको ट्राफिक आइल्याण्ड समेत भत्काएका थिए। आक्रोशित स्थानियको भिड नियन्त्रण गर्न सयौंको सङ्ख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइएको थियो। त्यस्तै भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यासँसमेत प्रहार गरेको थियो।