धरान। आज बिहानै धरानसहित पूर्वका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुनसरी, मोरङ, झापा, इलाम लगायत कोशी प्रदेशका विभिन्न जिल्लामा महसुस भएको हो।
भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम भएको सेन्टरले जानकारी दिएको छ। सो भूकम्प ४ दशमलक ५ रेक्टर स्केलको भएको जनाइएको छ।


