काठमाण्डौं‍- काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा रसुवाको  स्याफ्रुबेशीको लागी एयर डाइनेस्टीको ९एन–एजेडी  हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन्। उडेको ३ मिनेट मै त्रिभुवन विमानस्थलको एटिसी टावरसगँ सम्पर्क विच्छेद भएको हेलिकप्टर नुवाकोटको  शिवापुरी गाउँपालिकाको सुर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।

 हेलिकप्टर दुर्घटना परि १ नेपाली नागरीक सहित ४ चिनिँया नागरिकले ज्यान गुमाएका छन्।  ज्यान गुमाउनेमा पाइलट अरुण मल्ल साथै चिँनिया नागरिकहरु जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी रहेका छन्।