धरान . दोस्रो खुकुरी ओपन एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । धरान १८ स्थित गल्फ कोर्षमा शनिबार एक दिवसीय ओपन एमेच्योर गल्फ प्रतियोगिता हुन लागेको हो । ७० जना एमेच्योर खेलाडीहरुले सहभागिता हुने प्रतियोगिता प्रतियोगिता स्ट्रोक प्लेको आधारमा आयोजक धरान गल्फ क्लवले जनाएको छ । । नेपालका लागी श्रीलंकाका राजदुत सुर्दसन पाथीरानाको समेत सहभागिता रहने प्रतियोगितामा भारत सगै धरान, काठमाण्डौं, पोखरा, नेपाल आर्मी गल्फ क्लबबाट पनि खेलाडीहरु सहभागी हुने क्लबका सचिव भरत तामाङले जानकारी दिए । प्रतियोगितामा विभिन्न ह्याण्डीक्यापका ४ क्याटोगरीमा स्पर्धा हुनेछ । एक ह्याण्डीक्यादेखि ६ सम्म, ७ ह्याण्डीक्यापदेखि १२ सम्म, १३ देखि १८ ह्याण्डीक्यापसम्म र १९ ह्याण्डीक्यापदेखि २४ ह्याण्डीक्यापसम्म गरेर ४ वटा क्याटोगरीमा खेलाडीहरु स्पर्धा हुने धरान गल्फ क्लवका अध्यक्ष विरेन्द्र लिम्बुले वताए । प्रत्येक क्याटोगरीमा खेलाडीहरु पहिलो, दोस्रो र तेस्रो सगै प्रत्येक क्याटोगोरीमा पहिलो हुनेहरुलाई समेटेर टिम प्रथम, दोस्रो हुनेहरुलाई टिम दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई टिम तेस्रो पुरस्कार दिइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीकोरुपमा ग्रस विजेतालाई पुरस्कृत गरिनेछ भने महिला विजेता, जुनियर विजेता र सिनियर विजेतालाई पनि पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष वीरेन्द्रबिक्रम लिम्बुले जानकारी दिए । प्रतियोगितामा लंगेष्ट ड्राइभ र क्लोज टु दिन पिनको पुरस्कार सगै विजेताहरु ट्रफी पाउनेछन् । नेपाल डिष्टिलरी प्रालिको प्रायोजक रहेको प्रतियोगिता प्रत्येक बर्ष धरानमा आयोजना हुने प्रायोजक नेपाल डिष्टिलरीका असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक राज प्रधानले जनाकारी दिए ।


