धरान । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सँस्कृति मन्त्री सुदन किरातीको वचाउ गरेकी छन् । मन्त्री शर्माले नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका मन्त्रीले बोलेको कुरा संविधानसम्मत हुने भन्दै मन्त्रि किरातीको बचाउ गरेकी हुन् ।
काठमाडौमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्ने लाई जेल हाल्ने विवादस्पद अभिव्यक्तिी दिएका थिए ।
मन्त्रि शर्माले किरातीको वचाउ गर्दै मन्त्रिको आशय धर्म विरोधी नभई धर्मनिरपेक्षमा आधारित भएको तर्क गरिन । सरकारका मन्त्रीहरुले जहिल्यै संविधानभन्दा बाहिर गएर बोल्न नपाइने भएकोले उनले बोलेको कुराको आशय धर्मनिरपेक्ष राष्ट्रको विरुद्धमा नभएको भन्दै बचाउ गरिन् ।


