धरान । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सरकार संक्रमणकालीन न्यायसम्बन्धी विधेयक वहुमतको आधारमा भए पनि पारित गरेरै जाने तयारीमो रहेको वताएकी छन् । मन्त्रि शर्माले आगामी संसद अधिवेशनवाट संक्रमणकालीन न्याय सम्बन्धि विधेक सहमति नभए प्रक्रियामा गएर भए पनि पास गरेर शान्ति प्रक्रियाका वाँकीकाम पुरा गर्ने दावि गरिन् । सुनसरीको धरानमा शनिबार सञ्चारकर्मीहरुसग कुरा गर्दै सरकारको प्रवक्ता समेत रहेकी मन्त्रि शर्माले सबै दलसँग सहकार्य, सहमति नभए पनि आगामी अधिवेशनवाट टुङ्याउने वताइन । उनले सेना सेमायोजन र संविधान निर्माण भइसकेको अवस्थामा संक्रमणकालीन न्याय सम्बन्धि विधेक पारित गरेर जानुको विकल्प नहरेको वताइन । ‘यो अधिवेशनवाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेर जानुको विकल्प छैन’ उनले भनिन् – सहमतिबाट नभए प्रक्रियामा लगेर वहुमतिय आधारमा भए पनि आगामी संसदको अधिवेशनवाट पास गरेर जानुको विकल्प छैन ।’


