387136293_286352444273656_7874327510870280200_n

धरान ः कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रि नियुक्तीको समय एक दिन लम्वाएका छन् । संघीय  सत्ता गठबन्धनको दवाव पछि प्रदेश  प्रमुख खापुङले मुख्यमन्त्रि नियुक्तीको समय एक दिन लम्वाएका हुन ।  आफैैंले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई उनले शनिबार सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।  प्रदेश प्रमुखको कार्यालयले साँझ सूचना जारी गर्दै भोलि शनिबार विहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ । केन्द्रमा कांग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएर कांग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गर्नका लागि गरिएको आग्रह डा.शेखर कोइरालाले नमानेपछि प्रदेश प्रमुखलाई शुक्रबार नियुक्ति नगर्न दबाब परेको थियो । केन्द्रबाटै गठबन्धनका नेताहरुले शनिबार बिहानसम्म सहमतिको प्रयास भइरहेको भन्दै प्रदेश प्रमुख   खापुङलाई दबाब आएपछि  उनले मुख्यमन्त्रि नियुक्तीको समय   लम्वाएका  हुन  । त्यसपछि उनले गठबन्धनलाई पर्याप्त समय पुग्नेगरी दिउँसो २ बजेसम्मको समय दिएर सूचना टाँसेका हुन् । 

384203647_6698571926874657_8073205629836108948_n