धरान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा  दिएका छन्  ।  आज शनिबार प्रदेश सभालाई सम्बोधन गर्र्र्देै कार्कीले  मुख्यमन्त्री पदवाट राजिनामा दिएका हुन्  ।   उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । उनले सभालाई सम्बोधन गर्दै सहमतिको सरकार गठनको लागी  मार्गप्रसस्त गर्न  राजिनामा दिएको वताए  ।  उनले कोशी प्रदेशको राजनीतिक स्थायीत्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै विकल्प भएको दाबी गरे ।  प्रदेशसभाको दोस्रो कार्यकालमा दुईपटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे ।   कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताउँदै कार्कीले  दलहरुले चालेको कदम ठिक भएको वा बेठिक भएको विषयमा सोच्नु पर्नेमा उनको जोड थियो । दलहरुबीचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने उनको भनाई थियो ।  एमाले काँगेस, माओवादीसँग पूर्वाग्रह नराखी सहमतिका साथ अगाडि बढ्न तयार रहेको बताउँदै कार्कीले भने –  सबै दलको चाहान एमाले प्रतिपक्षमा बसोस भन्ने छ भने हामी  प्रतिपक्षीमा बसेर काम गर्न तयार छौ । ’