धरान । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग(२ अन्तर्गत यूएईलाई ९ रानले हराउदै नेपालले जित हासिल गरेको छ ।
‘ब्याक लाइट’का कारण डकवर्थ लेविस नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आजको जितसंगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।


