धरान । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरको छ । यस संगै उनको उपप्रधान तथा गृहमन्त्री पद खारेज भएको छ । 

लामीछाने मंसिर चारमा भएको चुनावमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता  पुनस्प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो। यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ।