धरान । विश्वकपको माहोल विश्वभरी चलिरहेको छ । मंगलबार विहान १२:४५ मा भएको ब्राजिल र साउथकोरीया बिच भएको खेलमा ब्राजिलले कोरीयालाई ४-१ ले हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

ब्राजीलको लागी खेलको ७ मिनेटमा भिनीजुनीयर ले गोल लगाउन सफल भएको थिए । त्यस्तै दोस्रो गोल नेइमार जुनीयरले पेनाल्टीमा लगाउन सफल भएका थिए । त्यस्तै खेलको २९ मिनेटमा ब्राजीलको लागी तेस्रो गोल रिचाल्सनले लगाउन सफल भए । खेलको ३६ मिनेटमा अर्को चौथो गोल भने लुकस पकेउटाले लगाउन सफल भए  ।

ब्राजीलले दोस्रो हाल्फमा गोल गर्न असफल हुदाँ कोरीयाका पेइक सियोंगले खेलको ७६ मिनेटमा ब्राजीललाई एक गोल फर्काउन सफल भए । 

अब हुने क्वाटर फाइनलको खेलमा ब्राजील क्रोएसिया संग भिड्ने छ भने कोरीया आउट भएको छ ।