धरान । विश्वकप फुटबलको ग्रुप एच् अन्तर्गतको आजको खेलमा पोर्चुगललाई २ १ ले हराउदै दक्षिण कोरीया राउन्डअफ १६ मा प्रवेश गरेको छ ।
पोर्चुगलले आजको खेलमा हार बेहोरे पनि पोर्चुगल पनि राउन्डअफ १६ मा प्रवेश गर्न सफल भएको छ भने उरुग्वे र घाना बाहीरीएका छन् ।
पोर्चुगलले उरुग्वे र घानालाई हराउदै ६ पोइन्टस् ल्याएर ग्रुप टप गर्न सफल भएको हो ।
आजको खेलमा कोरीयाले पोर्चुगललाई हराउदै ४ पोइन्टस् ल्याउदै राउन्डअफ १६ मा प्रवेश गर्न सफल भएको हो ।


