धरान । अहीले विश्वभर विश्वकप फुटबल २०२२को माहोल चलिरहेको छ । आज फुटबल सुरु भएको चौथो दिन हो । आज बुधबार बेलुका नेपाली समय अनुसार १५:४५ मा पहीलो खेल सुरु हुनेछ । आजको पहीलो खेलमा मोरक्को र क्रोसिया भिड्ने छन् । 

विश्वकप फुटबल २०१८ मा क्रोसियालाई हराउदै फ्रान्सले विश्वकपको उपाधि उचाल्न सफल भएको थियो । 

मोरक्को भन्दा क्रोसियालाई फुटबल जगत्को शक्तिशाली राष्ट्रको रुपमा चिनीन्छ । 

त्यस्तै आज हुने दोस्रो खेलमा जर्मन र जापान भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ६:४५ मा सुरु हुनेछ । जापानलाई एसीयाको शक्तिशाली राष्ट्रको रुपमा चिनीन्छ । त्यस्तै जर्मनलाई पनि फुटबल जगत्को शक्तिशाली मानीन्छ । यी दुइ टिम विच कडा टक्कर हुने विश्लेषकहरु बताउछन् । 

आजको तेस्रो अनि अन्तिम खेल राती ९:४५ मा सुरु हुनेछ । त्यस खेलमा फुटबल जगत्को शक्तिशाली राष्ट्र स्पेन र कोस्टारीका बिच हुनेछ ।