धरान । मंगलबार भएको विश्वकप फुटबलको पहीलो खेलमा अर्जेन्टीनालाई साउदी अरबले २ १ ले पराजीत गरेको छ ।
ग्रुप सी को पहीलो खेलमा अर्जेन्टीनालाइ हराँउदै साउदीअरबले जित हासील गर्न सफल भएको हो ।
साउदी अरबको लागी खेलको ४८ मिनेटमा सालेह् अल्सेरीले गोल गरेर खाता खोल्न सफल भए । त्यस्तै साउदीको लागी सालेम अल्दवसरीले खेलको ५३ मिनेटमा दोस्रो गोल लगाउन सफल भए ।
अर्जेन्टीनकोलागी लियोनल मेस्सीले खेलको १० मिनेटमा पेनाल्टी गोल लगाउन सफल भएका थिए तर दोस्रो गोल भने लगाउन सकेनन् ।


